चितवन। नेपाल ईन्जिनियर्स एशोसियसन चितवनको अध्यक्षमा ई. कृष्ण रिजाल चयन भएका छन् । एशोसियसनको आठौं अधिवेशनबाट बर्ष २०८०/८२ का लागि रिजाल सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनले ई. रिजालको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । एशोसियसनको उपाध्यक्षमा ई. चन्द्रमणी बस्याल, सचिबमा ई.दिपक खनाल, कोषाध्यक्षमा ई. सुमन श्रेष्ठ एवम् सदस्यहरुमा ई. सुशीला जम्मरकट्टेल, ई.आशिष गुरुङ्ग,ई.बिकल पन्डित,ई .अजय पोख्रेल र ई. अनिष काफ्ले चयन भएका हुन् ।
एशोसियसनका अध्यक्ष ई बिराट घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी एशोसियसनका पुर्व अध्यक्ष ई। बाबुराम उपाध्याय रहेका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपाध्यायले देशको बिकास निर्माणमा ईन्जिनियरहरुको महत्त्वपूर्ण भुमिका हुने हुँदा पेशागत मर्यादालाई कायम राख्दै जिम्मेवार हुन सम्पुर्ण ईन्जिनियरहरुलाई आग्रह गरेका थिए ।



उज्यालो खबर




