काठमाडौँ । राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक आज फेरि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ ।बुधबार शीर्ष नेताहरूको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रूप दिने भनिए पनि शीर्ष नेताको बैठक फेरि बस्ने भएको हो ।
राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरूबिच अझै पनि अन्तिम सहमति हुन सकेको छैन ।मंगलबार सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरूको बैठक स्थगित भएको थियो ।
हिजो दिउँसो २ बजे बानेश्वरस्थित संसद भवनमा तोकिएको बैठकमा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक आजसम्मलाई स्थगित भएको हो ।



उज्यालो खबर




