×

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ।बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्यांक्वेटमा आज बिहान८ बजेदेखि बैठक सुरू हुनेछ।बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्यांक्वेट मंगलबारदेखि सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदेन प्रस्तुत गरेका थिए। लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पनि पेस भएका छन् । ती प्रतिवेदनमाथि आजदेखि छलफल हुनेछ।

अध्यक्ष नेपालको प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे टिप्पणी गरेका थिए।बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा आज धारणा राख्नेछन्।

पार्टी मातहतका कमिटी तथा जनवर्गीय सङ्गठनले गरेका कार्यप्रगतिको समीक्षा गरिने बैठकमा पार्टीका भावी योजनाबारे आवश्यक रणनीति तय गरी त्यसलाई अनुमोदन गरिने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।पार्टीका महासचिव घनश्याम भुसालको साङ्गठनिक प्रतिवेदनमा छलफल भएपछि बैठकमा महाधिवेशनको मिति र स्थान घोषणा गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया