काठमाडौं । संसद् गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्वदलीय बैठक बोलाइएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा हिजो बसेको बैठकमा सहमति जुट्न नसके पछि आज पनि बैठक बोलाइएको हो । बैठक दिउँसो ४ बजे बस्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ । तर, सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले छानबिन गरेर टुंग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पुरा गर्न नसकिने जनाउँदै आएको छ ।
सरकार र प्रतिपक्षी दुवै दल आ आफ्ना अडानमा कायमै राखेपछि साउन १० गते देखी संसद् चल्न सकेको छैन ।यसबीचमा सभामुख देवराज घिमिरेले संसद् चलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखी प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गरे पनि अझै निष्कर्ष निस्कन सकेको छैन ।
यद्यपि, सहमतिका लागि भन्दै प्रधानमन्त्री प्रचण्डले समय माग गरे पछि हिजोको बैठक स्थगित गरी साउन ५ गते प्रतिनिधिसभा बैठक बोलाइएको छ ।



उज्यालो खबर




