चितवन । पूर्वमन्त्री एंव चितवन क्षेत्र नं.३ का सांसद बिक्रम पाण्डेले नारायणी नदीको तटबन्धन निरीक्षण संगै क्षेत्र नम्वर ३ का विभिन्न बडामा पुगेर मतदातासंग भेटघाट गर्नु भएको छ ।आईतवार बिहानै देखि नारायणी नदी तटबन्धन निरीक्षणको लागि वडा.नं.१६ को गणेश मन्दिर , १८ को गाजीपुर, २६ को हिरापुर सिसुवार घोसरघाट, २७ को न्यूरेचोक वडा नं.२८ को सिसावास गोलाघाट लगाएतका ठाँउमा पुग्नु भएका पाण्डेले तटबन्धको निरिक्षणसंगै स्थानीयका गुनासो एंव समस्या समेत सुन्नु भएको छ ।
निरीक्षणको क्रममा प्रत्रकारहरुसंग मन्त्री पाण्डेले भन्नु भयो “ २०५६ सालदेखि नै नारायणी कटानबाट हुने क्षती रोक्नको लागि प्रयास गरिरहेको छु अब केही वर्षमा नारायणी नदी तटवन्धनले पूर्णता पाउने छ ।” प्राविधिक सहित स्थलगत निरिक्षणका लागि पुग्नु भएका मन्त्री पाण्डेले जथाभावी नारायणी दोहनले गर्दा कटानको जोखीम रहेकोले यसलाई यसलाई रोक्नु पर्नेमा समेत जोड दिनु भयो ।
साथै,यस पटक तटवन्धन नभएका तथा कटानको जोखीम पूर्ण ठाँउमा अर्को वर्ष तटवन्धनको लागि बजेट बिनियोजनका लागि पहल गर्ने समेत प्रतिवद्वता व्यक्त गर्नु भयो । रा.प्र.पा का उपाध्यक्ष समेत रहनु भएका पाण्डेले आफु सस्तो प्रचारको लागि भन्दा दिर्धकालिन विकासका योजनाको लागि प्रतिवद्व रहेको जानकारी दिनु भयो ।





उज्यालो खबर




