×

गैँडाकोट । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर चितवनका एकयुवा बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १६ शिवघाट स्थित नारायणी नदीमा डुबेर स्थानीय २० वर्षका सिजन बिक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दिउसो ३ वजे नदीमा डुबेर बेपत्ता भएका बिकको वडा प्रहरी कार्यालय नारायणगढको प्रहरी टोलीले खोजि कार्य गरिरहेको भएपनि यो खबर तयार पार्दासम्म बेपत्ता उनको अवस्था पत्ता लगाउन सकिएको छैन ।

तपाईको प्रतिक्रिया