×

चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि विकास अधिकृतसहित ३ जना भ्रष्टाचारी ठहर भएका छन् ।विशेष अदालतले शुक्रबार परियोजना कार्यान्वयन इकाई चितवनमा कार्यरत वरिष्ठ कृषि विकास अधिकृत गोपीनाथ भुसाल, बालिका कुमारी गिरी र सोमनाथ घिमिरेलाई दोषी ठहर गरेको हो ।

खुसीप्रसाद थारु र शालिग्राम कोइरालाको इजलासले उक्त फैसला गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख १२ हजार ४७४ रुपैयाँ ३७ पैसा कायम गरी गैरकानूनी लाभ तथा हानी सम्बन्धी आरोप-पत्र दायर गरेको थियो ।

तपाईको प्रतिक्रिया