×

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक सोमबार पनि बस्ने भएको छ । शुक्रबारदेखि जारी बैठकमा आइतबारसम्म ५० जना सांसदहरूले धारणा राखेका छन् । प्रमुख सचेतक रमेश लेखकले सांसदहरूले बोल्नेक्रम चलिरहेको बताए ।

‘सांसदहरूले धारणा राख्नेक्रम चलिरहेको छ । आइतबार सम्म ५० जना साथीहरूले धारणा राख्नुभयो,’ उनले भने, ‘अब सोमबार थप साथीहरूले धारणा राखेपछि महत्त्वपूर्ण प्रस्तावहरू पारित गर्दै हामी बैठकको समापन गर्नेछौँ ।’

उनका अनुसार आज बिहान ११ बजेबाट पुनः नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्नेछ । उनले बैठकमा सांसदहरूले सार्वजनिक सरोकार, संसद र सरकारसँग सम्बन्धित विभिन्न विषयहरूमा धारणा राखिरहेको बताए ।

तपाईको प्रतिक्रिया