चितवन । आखाँ पाक्ने रोगको सक्रंमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाका सबै विद्यालयहरु भोलि देखि बन्द हुने भएका छन् ।
एडिनो भाइरसको संक्रमण चितवनमा पनि बढ्दै गएको र विद्यालयहरुमा समेत यसको असर बढ्दै गएको पाइएपछि महानगरका सबै विद्यालयहरु पाँचदिनका लागि बन्द गर्न लागिएको हो ।
भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालद्धारा जारी सूचनामा हिउदे वा वर्षे विदाबाट मिलान हुने गरि विद्यालयहरु बन्द गर्न आग्रह गरिएको छ ।


उज्यालो खबर