×

चितवन । चितवनको भरतपुरमा अवस्थित बि एच एम तथा ब्याचलर अफ कम्प्युटर साइन्स (नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्यूरिटि) कार्यक्रम सञ्चालन गरिरहेको फोर्ब्स कलेजले पहिलोपटक काठमाण्डौं उपत्यका बाहिर चितवनमा CISCO Networking Academy र EC-Council Academia को स्थापना गरेको छ ।

​फोर्ब्स कलेजमा स्थापना भएको यी दुबै एकेडेमीबाट फोर्ब्स कलेज बाहिरका विद्यार्थीहरूले पनि सुविधा प्राप्त गर्न सक्ने कलेजका प्राचार्य हरिशरण  पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार फोर्ब्स कलेजमा अध्ययनरत विद्यार्थीहरूका लागि भने कलेजले विशेष छुटका साथ सर्टिफिकेसन गराइराखेको छ ।

IT क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूले विश्वविद्यालयको कोर्ष बाहेक पनि प्रोफेसनल सर्टिफिकेसन कोर्ष गर्ने ट्रेन्डहरू  चलिरहेको भन्दै कलेजका प्रचार्य पाठकले स्नातक तह उत्तीर्ण विद्यार्थीहरूले सजिलैसँग रोजगारी पाउन सक्ने समेत बताउनुभयो।

​कलेजमा अध्ययनरत ४० जना भन्दा बढी विद्यार्थीहरूले CISCO Networking Academy बाट CCNA सर्टिफिकेसन प्राप्त गरिसकेका छन् । त्यस्तै EC-Council Academia बाट कलेजमा अध्ययनरत ३० जना भन्दा बढी विद्यार्थीहरूले CEH सर्टिफिकेसन प्राप्त गरिसकेका छन् । जसले गर्दा विद्यार्थीहरूले स्नातक तह अध्ययन पश्चात कम्प्युटर नेटवर्क तथा साइबर सेक्यूरिटि क्षेत्रमा सजिलैसँग काम पाउन सफल भएका छन् ।

 

तपाईको प्रतिक्रिया