गैँडाकोट । गैँडाकोटको जनक नमूना माध्यमिक विद्यालयका सयजना विद्यार्थिहरुको निशुल्क कपाल काटिएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ मा अवस्थित सो सामुदायिक विद्यालयका सयजना विद्यार्थीहरुको निशुल्क कपाल काटिएको हो ।
स्थानीय एजेके युनिसेक्स सैलुनले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरको निशुल्क कपाल काटेको सैलुनका निर्देशक अम्बीक कार्कीले जानकारी दिए ।सामुदायिक विद्यालयमा आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाहरुले अध्ययन गर्ने भएकोले सामुदायिक विद्यालयमै पुगेर सेवा दिइएको कार्कीले बताए ।
यसअघि एजेके यूनिसेक्स सैलुनले गैँडाकोटकै सरस्वती आधारभूत विद्यालय, नवदुर्गा आधारभूत विद्यालय तथा वडा नं. ३ मा रहेको भुजेल गाउँमा पुगेर स्थानीयहरुको निशुल्क कपाल काटेको थियो ।


उज्यालो खबर