×

चितवन । सुख्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ – मुग्लिन सडकखण्ड विहान ९ वजेदेखि सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने कालीखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
विहान ७ वजे माथिबाट खसेको पहिरो हटाइएपछि सडक दुइतर्फी रुपमै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया