चितवन । चितवनको रत्ननगरमा पाँचसय बढीको मुटुको परिक्षण गरिएको छ । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र रोटरी क्लव अफ रत्ननगर संयुक्त आयोजनामा भएको निशुल्क मुटुरोग शिविरमा ५१७ जनाको मुटुको परिक्षण गरिएको हो ।
नेपाल माविको प्रागंणमा भएको शिविरमा भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल,औषधी ब्यवसायी संघ चितवन र बास्तोला सर्जिकलले सहयोग गरेका थिए ।
रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाको प्रमुख आतिथ्यता तथा रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष माधव आर्यालको अध्यक्षतामा भएको शिविरको उद्घाटनशत्रमा रत्ननगर नगरपालिकाका निर्वतमान मेयर नारायण वन, रोटरियन हरिकुमार श्रेष्ठ, दिनुप बराल लगायतको उपस्थिति रहेको थियो ।



उज्यालो खबर




