×

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को बैठक बिहीबार बस्दै छ।बैठक बिहान ८ः३० बजेबाट कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरू हुने र आजै टुंग्याउने तयारी रहेको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

‘कार्यसूचीमा छलफल गरेर आजै साँझसम्म टुंग्याउने तयारी छ,’ उनलेभने।शुक्रबारदेखि जारी बैठकमा पार्टीको आगामी कार्यदिशाबारे छलफल भएको थियो।त्यसमा सदस्यहरूले धारणा राख्ने काम सकिइसकेको छ।

यसअघि बैठकमा बोल्ने केही सदस्यहरूको निर्वाचनको परिणामबारे पनि धारणा राखेका थिए।उपाध्यक्ष पाण्डेले गठबन्धन गरे पनि मत ट्रान्सफर हुन नसकेको धारणा राखेका थिए। पाण्डेले गठबन्धन नभएका ठाउँमा सबैतिर उम्मेदवार दिन सकेको भए राष्ट्रिय बन्ने अवस्था सिर्जना हुने धारणा राखेको उनले बताए।

‘कांग्रेस, माओवादी केन्द्रले कतिपय ठाउँमा हामीलाई नै चाहिन्छ भन्नेजस्तो पनि गरे। त्यसो हुँदा उम्मेदवारी नै हाम्रो कम भयो। गठबन्धन भएका ठाउँमा गठबन्धन गर्ने, नभएका ठाउँमा उम्मेदवारी दिन सकेको भए मत बढ्थ्यो भन्ने धारणा राखेँ,’ उनले भने।

 

तपाईको प्रतिक्रिया