×

चितवन–कांकडभिट्टाबाट काठमाण्डौतर्फ गईरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित हुँदा भरतपुर–२९ दासढुंगामा पल्टिएको छ ।

आज बिहान करिब ५ः२० बजेको समयमा उक्त बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । बस रुखमा अड्कदा बसमा सवार चालक सहित ४० जना मध्ये १९ जना घाईते भएको पण्डितले बताए ।घाइतेहरुको भरतपुरको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

 

भरतपुर सरकारी अस्पतालमा उपचार भई रहेको घाईते

१। सहचालक सर्लाही लालबन्दी नगरपालिका–१० बस्ने बर्ष ३६ को बिक्रम मगर, सामान्य ।
२। कन्टेक्टर, धादिङ निकण्ठ ७ बस्ने बर्ष ३६ को दिल बहादुर श्रेष्ठ, सामान्य ।
३। बसमा सवार सुनसरी रक्तमाला–५ बस्ने बर्ष २९ की मनिका राई, सामान्य ।
४ बसमा सवार मोरङ हरैचा–५ बस्ने बर्ष २५ की कल्पना राई, सामान्य ।
५। सोहि ठाउँ बस्ने बर्ष २५ की सपना राई, सामान्य ।
६। धनकुटा सहिदभुमी–४ बस्ने बर्ष ३८ की बिश्वलक्ष्मी राई, सामान्य ।
७। निजकै छोरी बर्ष ४ की दिब्या राई, मध्यम ।
८। बस चालक, मकवानपुर हेटौंडा–२ बस्ने बर्ष ३७ को बादल कुमार

पुरानो मेडिकल कलेजमा उपचार भई रहेको घाईते

१। भारत सिलगुडी बस्ने बर्ष ६० की कमला सुब्बा।
२। भारत सिलगुडी बस्ने बर्ष ४४ की लक्की सुब्बा,मध्यम ,।
३। मोरङ हरैचा नगरपालिका–३ बस्ने बर्ष २३ को सुसान्त सुब्बा,सामान्य ।
४। हरैचा ८ बस्ने बर्ष ३४ की सुनिता लामीछाने, सामान्य ।
५। सुनसरी बस्ने बर्ष ४० की संगिता मगर,सामान्य ।
६। झापा मेची नगरपालिका–११ बस्ने बर्ष ३२ की सुमिमा राई, मध्यम ।
७। भक्तपुर भक्तपुर–१ बस्ने बर्ष ३० को मिलन तामाङ,सामान्य ।
८। ललितपुर गोदावरी नगरपालिका–७ बस्ने बर्ष २७ को सुमन लामा,सामान्य ।
९। भोजपुर अरुण गाउँपालिका–१ बस्ने बर्ष २९ को नन्द बहादुर पाण्डे, सामान्य ।
१०। सोहि ठाउँ बस्ने बर्ष १९ को लिला बहादुर पाण्डे, सामान्य ।

उपचारको लागि काठमाडौँ गएको

१। धादिङ रुबीभ्याली गाउँपालिका४ बस्ने बर्ष ३२ को दिपक तामाङ, सामान्य ।

तपाईको प्रतिक्रिया