×

चितवन । नारायणगढ मुग्लिन सडकमा अलपत्र परेका यात्रुहरुलाई पिउने पानी र बिस्कुट वितरण गरिएको छ । नेपाल लिटल फ्लावर सोसाइटीले नारायणगढ मुग्लिन सडकखण्डका ६ सय यात्रुहरुलाई पानी र बिस्कुट वितरण गरेको हो । चितवनको जुगेडी र दासढुंगा क्षेत्रको सडकमा रोकिएका यात्रुहरुलाई पानी र विस्कुट वितरण गरिएको नेपाल लिटिल फ्लावर सोसाइटीका सञ्चालक फादर रोवीले बताउनुभयो ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत  सडकमा अलपत्र परेका यात्रुहरुलाई पानी र बिस्कुट वितरण गरिएको उहाँले बताउनुभयो । लामो समयदेखि सडकमा यात्रुहरु रोकिएको भन्ने खबर सुनेपछि आफुहरुले यात्रुहरुका लागि सहयोग गरेको नेपाल लिटल फ्लावर सोसाइटीका निर्देशक फादर बिबिनले जानकारी दिनुभयो ।

यात्रुहरुलाई पानी र विस्कुट वितरण गर्ने कार्यक्रममा नेपाल लिटिल फ्लावर सोसाइटीका फादर जेकब, लिटिल फ्लावर स्कुलका शिक्षक लक्ष्मण लामिछाने, राकेश पटेल, विष्णुप्रसाद अधिकारी, विद्यार्थीहरु श्रेया पाण्डे, मिसन अधिकारी, स्वरुप घिमिरे लगायतको सहभागिता रहेको थियो । नेपाल लिटल फ्लावर सोसाइटीले शिक्षा, स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ । सोसाइटी मातहत नेपालमा चारवटा विद्यालयहरु सञ्चालनमा रहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया