×

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशिक्षण विभाग प्रमुख अनीलकेशरी शाहले आफ्नो सोँच र राष्ट्रिय स्तवन्त्र पार्टीको चाहना मिलेपछि पार्टी प्रवेश गरेको बताएका छन्।बिहीबार पार्टी स्थापना दिवसका अवसरमा विहीबार नयाँ पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा शाहले ३१ वर्षे बैंकिङ क्षेत्रमा आवद्ध भएपछि आफू नेतृत्व विकासको उद्धेश्य लिएर हिँडेको र रास्वपाको पनि त्यही उद्धेश्य रहेकाले पार्टी प्रवेश गरेको बताए।

‘नेतृत्वको विकास कसरी गर्ने हरेक क्षेत्रमा भनेर अगाडि बढ्दा राष्ट्रिय स्वतन्त्र पार्टीसँग धेरै बहस भयो,’ उनले भने, ‘मैले उहाँहरूको सोँच र मेरो सोँच एकदम मिलेको पाएँ।’उनले आउने दिनहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको अंग बन्न चाहन्छु, चुनाव लड्न चाहन्छु या पार्टीमा कसरी हुन्छ सहभागी भएर अगाडि बढ्न चाहन्छु भन्नेहरूलाई चाहीँ नेतृत्व केहोरु नेतृत्व कसरी विकास गर्नेरु नेतृत्वको विकासबाट देशमा सकारात्मक प्रभाव कसरी पार्ने होरु भन्ने बारेमा सिकाइने बताए।

‘हाम्रो पार्टीमा के देख्नुहुन्छ भने, कुनैपनि क्षेत्रमा त्यो क्षेत्रको एकदम अध्ययन गर्ने विशेषज्ञ जो हुनुहुन्छ उहाँलाई चाही कसरी हुन्छ सुम्पिदउँ न त जिम्मेवारी भन्ने हुन्छ,’ उनले भने।उनले देशको सबैभन्दा ठूलो पीडा अर्थतन्त्रको रहेको र त्यसको डाक्टर नै रास्वपामा भएको पनि बताए। अझै धेरै मानिसहरू पार्टीमा जोडिनुपर्ने उनको भनाइ थियो।

शाहले आफू कहिल्यै पार्टीमा जोडिन्छु भन्ने नसोचेको पनि बताए।मैले कहिल्यै सोचेको थिइन्। नेतृत्वको विकास गर्न नेपालीलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर हिँडेको थिएँरु यहाँ चाहीँ जुन मेरो सिप छ त्यसलाई प्रयोग गर्न सक्छु भन्ने लागेको भएर म यहाँ आएको हुँ,’ उनले भने, ‘केही राम्रो गरेँ भने वाहवाह भनिदिनुहोला नराम्रो गरेँ भने सचेत गरिदिनुहोला।’

तपाईको प्रतिक्रिया