×

गैँडाकोट ।पूर्वी नवलपरासीको गैँडाकोटबाट एक महिला बेपत्ता भएकी छिन् । गैँडाकोट नगरपलिका वडा नं. ४ सहजचोक बस्दै आएकी ३७ वर्षीया तारादेवी पौडेल (पराजुली) परिवारको सम्पर्क बाहिर रहेको उनका आफन्तले उज्यालो खबरलाई जानकारी दिएका छन् ।

गएराति अन्दाजी १२ वजेदेखि घरछाडेर हिडेकी उनि कहाँछिन् भन्नेबारेमा केहि जानकारी प्राप्त हुन सकेको छैन । नाताले छोरापर्ने अर्जुन ढकालले बताए अनुसार उनको सम्भावित स्थानहरुमा खोजतलास गरेपनि हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन ।

तारादेवी हराएपछि उनको खोजिको लागि आग्रह गर्दै परिवारले इलाका प्रहरी कार्यालय गैँडाकोटमा निवेदन दिएको छ । एकछोरा र एक छोरीकी आमा तारादेवीलाई कहिकतै देखेभेटेमा नकिजको प्रहरी कार्यालय वा मोवाइल नम्बर ९८४५०५६२०४ मा फोन गरेर सहयोग गरिदिनुहुन उज्यालो खबर अनुरोध गर्दछ ।

तपाईको प्रतिक्रिया