गैँडाकोट । खेलकुद मैदानको लागि स्थानीय सरकारलाई पटक पटक हारगुहार गरेपनि सुनुवाई नभएको भन्दै गैँडाकोटका युवाहरुले सामूदायिक बनक्षेत्रको खाली चौरमा पोल गाडेर खेलमैदानको रुपमा विकास गर्न दवाव दिएका छन् ।
शनिवार विहान मिलनचोकमा भेला भएको युवाहरुको समूहले मौलाकाली सामूदायिक बन उपभोक्ता समूहको कार्यालयको कम्पाउण्ड भित्रको खाली चौरलाई खेल मैदानको रुपमा विकास गर्नुपर्ने भन्दै पोल गाडेर दवाव दिएका हुन् ।
स्थानीय सरकारलाई विगत लामो समयदेखि व्यवस्थीत खेल मैदान बनाउन ज्ञापनपत्र दिने, मौखिक तथा लिखित रुपमा आग्रह गर्दा समेत माग सुनुवाई नभएपछि दवावस्वरुप आज बन कार्यालयको परिसरको खाली मैदानमा पोल गाडिएको युवा अगुवा रमेश ढकालले बताए ।
युवाहरुको समूहले मौलाकाली सामूदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटा र उपाध्यक्ष भगवान घिमिरेलाई भेटेर तत्काल सो बनक्षेत्रको सो खाली चौरलाई खेलमैदानको रुपमा उपलव्ध गराउन आग्रह गरेका थिए ।


उज्यालो खबर