×

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि पहिलो पटक नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान सुरु गरेको छ ।मंगलबार बिहान पौने ९ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा अवतरण भएको हो ।

योसंगै मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान सुरु भएको हो । यो नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरूलाई पर्यटनमन्त्री सुदन किराँतीले विमानस्थलमा स्वागत समेत गरेका छन् ।उक्त विमानमा मलेसियामा रोजगारी गरेर घर फर्कन आगेका नेपालीहरूका साथै मलेसियाका केही पर्यटन व्यवसायीहरू पनि नपाल आएका छन् ।

मलेसियाबाट भैरहवा आइपुग्न लाग्ने उडान समय करिव ४ घण्टा ४५ मिनेट र न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान गर्न २५ मिनेटको समय लाग्ने छ ।अन्तराष्ट्रिय उडान सुरुआतको पहिलो चरणमा न्यरोबडीबाट सातामा एउटा उडान गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया