×

चितवन–बाँदरमुढे घटना भएको आज १८ वर्ष पूरा भएको छ । माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १८ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि उस्तै छ ।

बाँदरमुढे घटना पिडित समितिले आज घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरेको छ । ‘दोषीलाई कारबाही गर, पिडितको अधिकार सुनिश्चित गर’ भन्ने नारासहित पिडितले कार्यक्रम गर्न लागेका हुन् । १८ वर्षसम्म पनि आफुहरुले न्याय नपाएको उनीहरुको गुनासो छ ।

घटना गराउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री छन् । उनको गृह जिल्ला चितवन नै भएपनि गएको निर्वाचन लड्न उनी गोरखा पुगेका थिए । प्रचण्ड नै प्रधानमन्त्री भएका बेला न्याय नपाए कहिल्यै नपाइने पिडितहरु बताउँछन् ।तत्कालीन विद्रोही माओवादीले २३ जेठ २०६२ मा माडीको बाँदरमुढे खोलामा थापेको एम्बुसमा परी ४२ जनाको मृत्यु भएको थियो

तपाईको प्रतिक्रिया