×

चितवन । चितवनको भरतपुरमा नेकपा एमालेका कार्यकर्ता र प्रहरीविच मसाल खोसाखोस भएको छ । नागरिकता बिधेयक लगायत गठबन्धन सरकारले गरेका गलत कामको विरोधमा राष्टिय युवासंघ नेपाल चितवनले भरतपुरको चौविसकोठीमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरी र एमाले कार्यकर्ता विच मसाल खोसाखोस भएको हो ।

नेकपा एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले सम्बोधन गरिरहेका बेला युवासंघका कार्यकर्ताले प्रहरीलाई झुक्याउदै एक्कासी राँके जुलुस निकालेपछि लफडा भएको हो । विरोध प्रर्दशनको अग्रभागमा  युवासंघका नेताहरु, शुसील केसी, शंकर अधिकारी,  हरि आचार्य, अश्विन घिमिरे  लगायतका नेताहरु रहेका थिए ।

तपाईको प्रतिक्रिया