×

काठमाडौँ । पूर्वसांसद रेशम चौधरीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।टीकापुर हत्याकाण्डका दोषी ठहर भई सजाय काटिरहेका चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि शारदा बोहरा कडायतले आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएकी थिइन् ।आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो । शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराका पत्नी हुन् ।

हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो । तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि रेशम यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भइसकेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चौधरीलाई रिहा गरिदिएपछि तिब्र सन्तुष्टि जनाउँदै बोहरा पत्नी शारदा सर्वोच्च अदालत गएकी हुन् ।नयाँ संविधान जारी हुनु अगाडी थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एक बालकसहित ७ सुरक्षाकर्मीसहित आठ जनाको बीभत्स हत्या भएको थियो ।

तपाईको प्रतिक्रिया