चितवन। राजधानी बाहिर सूचना प्रविधि (आईटी) कोर्ष सञ्चालन गर्ने कलेज निकै कम छन् । त्यसमाथि विदेशी विश्वविद्यालयको कोर्ष अध्यापन गराउने कलेज झनै कम छन् ।चितवन भरतपुरको फोर्ब्स कलेजले भने स्थापनाकालदेखि नै साइबर सुरक्षासम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यसअघि ईएचई युरोपियन विश्वविद्यालय युरिका स्विजरल्याण्डबाट सम्बन्धन लिएर कोर्ष सञ्चालन गरिरहेको कलेजले अहिले युनिभर्सिटी अफ कम्प्युटर साइन्स एन्ड स्किल्स लोद्ज, पोल्याण्डको कोर्ष पढाइरहेको छ ।माध्यमिक तहमा (प्लस टु) मा जुनै विषय लिएर पढेकाले यस कोर्ष अध्ययन गर्न पाउँछन् । कलेजले वर्षमा एउटा इन्टेक (जनवरी) सञ्चालन गर्छ ।
आईटी कोर्ष
बीसीएस (आईटी) नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी
यो चार वर्षे ८ सेमेस्टरको कोर्ष हो, जसमा विद्यार्थीले २४० क्रेडिट आवर पढ्नुपर्छ । विशेषतस् यो कोर्षमा विद्यार्थीलाई नेटवर्किङ तथा साइबर सेक्युरिटी कोर्षका विषय अध्यापन गराइन्छ ।यसमा नेटवर्क अपरेटिङ सिस्टम, नेटवर्क एन्ड सिस्टम एड्मिनिस्ट्रेसन, नेटवर्क सेक्युरिटी, साइबर सेक्युरिटी एन्ड आईओटीजस्ता कोर्ष रहेका छन् । त्यस्तै ई(कर्मस, सेक्युरिटी अडिट, क्लाउड कम्प्युटिङजस्ता इलेक्टिभ कोर्ष रहेका छन् ।यो कोर्षमा भर्ना हुन उच्च माध्यमिक तहमा प्रत्येक विषयमा न्यूनतम डी ग्रेड ल्याएको हुनुपर्छ । त्यस्तै कोर्षको शुल्क करिब ७ लाख रूपैयाँ तोकिएको छ ।

नन्आईटी कोर्ष
ब्याचरलर अफ होटल म्यानेजमेन्ट (बीएचएम)
ब्याचरलर अफ होटल म्यानेजमेन्ट कोर्षमा विशेष गरेर हस्पिटालिटी तथा होटल अन्तर्गतका विभिन्न विषयबारे अध्यापन गराइन्छ ।यसमा ‘लर्न एन्ड अर्न’ (सिक र कमाऊ) भन्ने वातावरणमा अध्यापन गराइने कलेजका प्रिन्सिल हरिशरण पाठकले बताए ।यस कोर्ष पढ्न करिब ८ लाख रुपैयाँ लाग्छ ।
विद्यार्थीलाई सुविधा
कलेजले पाठ्यक्रमबाहेक अतिरिक्त कुरा पढाउन सिस्को नेटवर्क एकेडेमी, ईसी काउन्सिल एकेडेमिया, डियरवाक आईटी कम्पनी आदिसँग सहकार्य गरेको छ ।यसले गर्दा सिस्को सर्टिफाइड नेटवर्क एसोसिएट (सीसीएनए), कम्प्युटर नेटवर्क डिफेन्स (सीएनडी), सर्टिफाइड इथिकल ह्याकर (सीईएच) जस्ता प्रोफेसनल सर्टिफिकेसन विद्यार्थीले कलेज तहमा नै पाइरहेको प्रिन्सिपल पाठक बताउँछन् ।



उज्यालो खबर




