×

बद्रि प्रसाद अर्याल

चितवन । आर्थिक मन्दीका कारण व्यवसायीहरु धरासायी अवस्थामा पुगेको भन्दै चितवनका फेन्सी व्यवसायीहरुले घरभाडा घटाउन माग गरेका छन् ।आर्थिक मन्दीका कारण व्यवसायीहरुले दिनदहाडै आत्महत्या गर्ने सम्मको अवस्था आएको तथा घरधनीहरुका सटर समेत खालीहुँदै गएको भन्दै तत्काल घरभाडामा पुर्नविचार गर्दै भाडा शुल्क घटाउन उनिहरुले माग गरेका हुन् ।

फेन्सी व्यवसायीसंघ चितवनका अध्यक्ष शंकरप्रसाद घिमिरेको नेतृत्वमा गएको संयुक्त टोलीले उद्योगबाणिज्य संघ चितवनलाई ज्ञापनपत्र बुँझाउदै हाल घरधनीहरुले लिदै आएको भाडामा ३० प्रतिशत सम्म घटाउन माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै उद्योग बाणिज्यसंघ चितवनका अधयक्ष चुननारायण श्रेष्ठले व्यवसायीहरुको समस्याका बारेमा आफु जानकार रहेको भन्दै सोमबार संघको बैठक राखेर यस सम्वन्धमा थप छलफल गर्ने आश्वासन दिएको फेन्सी व्यवसायीसंघ चितवनका सचिव टंकप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया