चितवन–विद्युत पोल स्थानान्तरण कार्यका लागि भरतपुरमा आइतबार विहान ३ घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।आइतबार विहान ९ वजेदेखि मध्यान्न १२ वजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।
शनिबार एक सूचना जारी गर्दै केन्द्रले डिभिजन सडक कार्यालय अगाडि ११ केभि लाईन हटाई सडक सिमा बाहिर सार्ने कार्यका लागि ११ केभि न्यू फिडरका क्षेत्रहरुमा बिद्युत्त आपूर्ति बन्द हुने जनाएको छ ।
केन्द्रका इन्जिनियर राजेन्द्र प्रसाद पौडेलका अनुसार नारायणगढको पुल्चोक, शहिदचोक, क्षेत्रपुर, मध्यक्षेत्र प्रहरी तालिमकेन्द्र तथा शशस्त्र प्रहरीबल रहेको आँपटारी क्षेत्रमा विद्युत अवरुद्ध हुन लागेको हो ।



उज्यालो खबर

