×

चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्युु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २८ साझापुरका ५५ वर्षका जलवा महतोको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो ।
गएराति ९ वजे भरतपुर २८ साझापुरमा उनलाई ना २२ प ६८०० नम्बरको मोटरसाइकले ठक्करदिदा उनि गम्भिर घाइते बनेका थिए । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा राति पौने १० वजे भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
घाइते अवस्थामा रहेका मोटरसाइकल चालक भरतपुर २७ का शिवनारायण महतोको नयाँ मेडिकल कलेजमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया