×

चितवन । लायन्स क्लब अफ बागेश्वरी गैँडाकोट सिटीको अध्यक्षमा लायन बुद्धिनाथ घिमिरे चयन हुनुभएको छ । वर्ष २०२३/२४ को लागि घिमिरेको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
लायन्सक्लब अफ बागेश्वरी गैँडाकोट सिटीका संस्थापक अध्यक्ष नवराज कंडेलको प्रमुख आतिथ्यतामा भएको ११ औँ अधिवेशनले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको फस्ट भिपीमा गोपाल प्रसाद सापकोटा, सेकेन्ड भिपीमा दया सापकोटा र थर्ड भिपीमा लक्ष्मीधर पौडेल रहनुभएको छ । त्यसैगरी सचिवमा टिकाराम पराजुली, कोषाध्यक्षमा मिन बहादुर थापा, सहसचिवमा प्रकाश सुवेदी र सहकोषाध्यक्षमा अस्मिता अधिकारी (ढुंगाना) रहनुभएको छ ।

तपाईको प्रतिक्रिया