×

गैँडाकोट । नवलपुरको गैँडाकोटमा सञ्चालित गैँडाकोट दोस्रो नगरस्तरीय मेयरकप फुटवलको उपाधि गैँडाकोट वडा नं. १४ ले उचालेको छ ।
गैँडाकोट वडा नं. १० र वडा नं. १४ विच शनिवार भएको फाइनल प्रतिष्पर्धामा ४ का विरुद्ध ५ गोल गर्दै गैँडाकोट १४ले उपाधी रक्षा गरेको हो । तोकिएको समयभित्र दुवै समूहबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।

जितसगै गैँडाकोट वडा नं. १४ ले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र हा पारेको छ । प्रतियोगितामा उपविजेता बनेको गैँडाकोट १० ले ३५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजयी समूह सहित उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाइ कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले पुरस्कार वितरण गर्नुभयो ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका सम्पन्न भएको नगरस्तरीय मेयरकप फुटवलमा नगरका १८ वटै वडाका २३ वर्ष मुनिका प्रतियोगीहरु सहभागी भएका थिए ।गैँडाकोट नगरपालिकाको प्रर्वद्धनमा भएको प्रतियोगिताको नगर युवा सञ्जाल गैँडाकोटले समन्वय गरेको छ भने सहयोगी संस्थामा गैँडाकोट ४,५ र ८ युवाक्लव रहेको थियो ।

फाेटो : युवराज शर्मा 

तपाईको प्रतिक्रिया