×

चितवन । नेपाली कांग्रेसले  चितवन जिल्लाका पूर्वसभापति विकास कोइरालामाथिको अनुशासनको कारबाही फुकुवा गरेको छ ।उपचुनावलाई लक्षित गरेर  चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका कोइरालाको कारबाही फुकुवा भएको हो । ७० को संविधानसभा चुनावमा सुशील कोइरालाविरुद्ध बागी उठेका विकास कोइराला त्यसताका पार्टी सभापतिसमेत थिए ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले २०७९अघि कारबाहीमा परेकालाई आममाफी दिने निर्णयबाट  कोइरालाको कारबाही फुकुवा भएको हो ।विकासको कारबाही फुकुवाका लागि जिल्लाबाटै सिफारिस भएको थियो ।

उनी गत महाधिवेशनमै कारबाही फुकुवाको लाइनमा थिए । तर, विकासको कारबाही सकिँदा उनी अघि बढ्ने भएपछि जिल्लाकै नेताहरूले रोकेका थिए ।युवाहरुमाझ निकै लाेकप्रीय रहेका काेइरालाकाे काँग्रेस चितवन भित्र अलग्गै प्रभाव समेत छ ।

 

तपाईको प्रतिक्रिया