चितवन । पश्चिम चितवनको साझापुर माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरुलाई नारायणगढको इमेज इन्स्टिच्यूटले उपहार स्वपरुप (डायरी,कलम) प्रदान गरेको छ ।भरतपुर महानगरपालिका वडा नं. २८ मा अवस्थित श्री साझापुर माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरुको विदाई समारोहमा इमेजले मायाँको चिनो स्वरुप ६० विद्यार्थीहरुलाई डायरी र कलम उपलव्ध गराएको हो । सो अवसरमा विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई दिवाखाजा समेत उपलव्ध खुवाइएकाे थियाे ।
विद्यालयका प्रधानाध्यापक डिल्लीराम सोडारीको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लालुमाया अधिकारीको प्रमुुख आतिथ्यतामा भएको कार्यक्रमको विशिष्ट अतिथिमा इमेज इन्स्टिच्यूटका प्रवन्ध निर्देशक मोहन बुढाथोकी र इमेजका निर्देशक सुजिना बुढाथोकी रहनुुभएको थियो । कार्यक्रममा इमेजका चनौली शाखा प्रमुख केशव सापकोटा, मेघौली शाखा प्रमुख दिपेन्द्र महतो र रविना महतो अतिथिको रुपमा रहनुभएको थियो ।
विदाई समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालुमाया अधिकारीले कक्षा ११ ले आयोजना गरेको विदाई समारोहमा सहभागी हुँदै इमेजले आफ्ना विद्यालयका विद्यार्थीहरुलाई उपहार स्वरुप डायरी र कलम प्रदान गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । चितवनमा थुप्रै शैक्षिक परामर्शदाताहरु भएतापनि स्कुलमै आएर सहयोग गरेकोमा इमेजलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी एवंम् युवा समाजसेवी इमेज इन्स्टिच्यूटका प्रवन्ध निर्देशक मोहन बुढाथोकीले आगामी बैशाखमा हुने परिक्षाको राम्रो तयारी गर्दै सफल हुन कक्षा १२ का विद्यार्थीहरुलाई शुभकामना दिनुभयो ।समाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै ईमेजले सरकारी विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि ईमेजका निर्देशक सुजिना बुढाथोकीले विद्यार्थीसँग इमेज र ईमेजसँग विद्यार्थी अभियान आउँदा दिनहरुमा समेत निरन्तर अघि बढाइने जानकारी दिनुभयो । बजार क्षेत्रका स्कुलहरुमा सबैको नजर पुग्ने भएपनि ग्रामिणक्षेत्रका विद्यालयहरुमा अधिकांसको नजर नपुग्ने भएकोले ईमेजले सदैव ग्रामीण क्षेत्रका विद्यालयहरुमा आफ्नो सहभागिता जनाउदै आएको बताउनुभयो ।
विद्यार्थीसँग इमेज र ईमेजसँग विद्यार्थी अभियान अन्तर्गत हालसम्म चितवन र गोरखाका आधा दर्जन विद्यालयका ५७३ विद्यार्थीहरुलाई ईमेजले मायाँको चिनो उपलव्ध गराइसकेको छ ।विगत १८ वर्षदेखि निरन्तर सञ्चालित चितवनको पुरानो तथा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई जापान पठाउदै आएको इमेज सत्यतथ्य परामर्श तथा दक्ष भाषा प्रशिक्षक र अनुभवि परामर्शदाताका कारण विद्यार्थीहरुमाझ लोकप्रिय बन्न सफल भएको छ ।चितवनको नारायणगढ स्थित शहिदचोकमा मुख्य कार्यालय रहेको इमेजका चनौली, मेघौली, माडी र गोरखाको हरमटारीमा शाखा कार्यालयहरु रुहेका छन् ।








उज्यालो खबर




