गैँडाकोट । मनकामना आमा समूह गैँडाकोट २ को अध्यक्षमा विष्णु अर्याल चयन हुनुुभएको छ ।शनिबार सम्पन्न भएको आठौँ साधारणसभा तथा चौथो अधिवेशनले अर्यालयको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समूहको उपाध्यक्षमा विमला प्याकुरेल, सचिवमा संगिता केसी , कोषाध्यक्षमा खुमकुमारी थापा र सहसचिवमा दुुर्गा सुवेदी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा मन्जु क्षेत्री, इन्दिरा कंडेल, केशवा गौतम, हिमादेवी गौतम, भगवती सुवेदी, शारदा आचार्य, देवी भट्टराई र दिलकुमारी थापा चयन हुनुुभएको छ ।
मनकामना आमा समूहका अध्यक्ष भागिरथी सुवेदी (भावना) को अध्यक्षता तथा गैँडाकोट वडा नं. २ का अध्यक्ष प्रकाश सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आमा समूहलाई विभिन्न तवरले सहयोग पुर्याउनेहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

उज्यालो खबर