×

गैंडाकोट । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन समस्यामा परेका गैंडाकोटका मिर्गौला पीडित सन्तोष सापकोटालाई नवलपुर समाज जापानको आर्थिक सहयोग प्राप्त भएको छ ।

रोजगारीका क्रममा जापानमा बसोवास गर्ने नवलपुर लगाएत जिल्लाका प्रवासी हरुले संकलन गरेको कुल २,७५,००० (दुइलाख पचहत्तर हजार) रकम शुक्रबार गैंडाकोटका समाजसेवी सि.आर कंडेल, माधब कंडेल, भागिरथ सापकोटा लगाएतको रोहवरमा पिडितलाई हस्तान्तरण गरिएको हाे ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेको जानकारी पाए लगत्तै नवलपुर समाज जापानको पहलमा रकम संकलन गरिएको समाजका अध्यक्ष कृष्ण खरेलले जानकारी गराउदै आफ्नो संस्थाले स्थापनाकाल देखिनै समाजसेवाका काम गरेको र आफ्नो संस्थाले जस्तै अन्य प्रवासीले समेत आफुले कमाएको केही आर्थिक रकम सामाजिक क्षेत्रमा उपयोग गर्न सके पुण्य प्राप्त हुने बताउदै सम्पुर्णमा सहयोगी भवना हुनुपर्ने जोड दिए ।

 

तपाईको प्रतिक्रिया