काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए ।
हिजो बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए ।आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ आफ्नो धारणा राख्नेछन् ।



उज्यालो खबर




