चितवन । चितवन क्षेत्र नं २ मा नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले उमेदवारी दर्ता गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधि सभाको लागि पोखरेलले उमेदवारी दर्ता गरेका हुन्।
चितवन २ बाट उनी यसअघि पनि निर्वाचित भएका थिए। पोखरेलको प्रस्तावकमा प्रदेश कमिटी सचिव विजय सुवेदी र समर्थकमा एमाले नेता तेजेन्द्र खड्का रहेका छन् ।



उज्यालो खबर




