मकबानपुर। मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो सवा २ बजे भएको दुर्घटनामा परेर ६ जना यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए।
काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हाे ।काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो।‘बसका चालक फरार छन्। उनी भेटिएपछि थप अनुसन्धान हुन्छ’, उनले भने।



















उज्यालो खबर









