गैँडाकोट। १२ वर्षअघिदेखी पूर्वी नवलपरासीको गैँडाकोटबाट शुद्ध पिउने पानी उपलव्ध गराउदै आएको आक्वा पीयूषले आफ्नो गुणस्तरलाई बृद्धि गर्दै लगेको छ ।सुमन मिनिरल वाटर एण्ड वेभरेज उद्योगका प्रवन्धक सोम प्रसाद काप्रीले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै आफ्नो उद्योगले आक्वा पीयूषको गुणस्तरलाई बढाउदै लगेको बताउनुभयो ।
उपभोक्ताहरुको स्वास्थ्यलाई ख्याल गर्दै आक्वा पीयूषले म्याग्नेसियम, पोटासियम जस्ता मिनिरल्सहरु थप गरेको छ उहाँले भन्नुभयाे – अत्याधुनिक प्रविधी साथै स्वाचालित मेसिनहरुको प्रयोग गर्दै आधुनिक प्रविधीबाट पानी उत्पादन गर्दै गुणस्तरलाई थप प्रभावकारी बनाइएको छ ।स्वचालित मेसिनबाट बोत्तलमा राखिएको पानीलाई अत्याधुनिक ल्याबमा परिक्षण गरेर मात्रै बजार पठाउने गरिएको छ ।आक्वा पीयूषले नवलपुर सहित चितवन, मकवानपुर, बारा, पर्सा र तनहुँका विभिन्न स्थानमा आफ्नो बजार विस्तार गर्न सफल भएको छ ।
सुमन मिनरल्सद्धारा उत्पादित आक्वा पीयूषको २५० एमएल, ५०० एमएल , ७५० एमएल, ९०० एमएल, १ लिटरको बोत्तलका साथै २० लिटर (जारमा) मिनरल वाटर उपलव्ध गराउनुका साथै एडभेन्चियर र रुचाङ ब्रान्डमा समेत आफ्ना उत्कष्ट उत्पादनहरु दिदै आएकाे छ ।





















उज्यालो खबर









