×

काठमाडौं । एक बालिकालाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लालिगुराँस नगरपालिका-१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई राजनले सोही गाउँपालिका-२ वसन्तपुरस्थित होटलमा लगि भदौ ३१ गते जबरजस्ती करणी गरेको आरोप छ । उनलाई ईलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया