गैँडाकाेट । १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अदालतले गैँडाकोट नगरपालिका–७ का ५२ वर्षीय बुद्धिबहादुर तामाङलाई १८ वर्ष कैद र ६ लाख रुपैया जरिवानाको फैसला सुनाएको छ ।
न्यायाधीश यज्ञप्रसाद आचार्यको भदौ ३१ गतेको इजलासले तामाङलाई कसुर ठहर गर्दै १८ वर्ष कैद र ६ लाख रुपियाँ जरिबानाको फैसला गरेको हो ।
तामाङले ०७७ पुस २५ गते एक बालिकालाई बलात्कार गरेको भन्दै ०७७ चैत २९ गते इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी दर्ता भएको थियो ।प्रहरीले तामाङलाई ०७७ चैत २९ गते गिरफ्तार गरेको थियो ।



















उज्यालो खबर









