×

गैँडाकोट । चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । विहिवार साँझ साढे ६ वजे नदीको पुलबाट हाम फालेर अन्दाजी ४० वर्षका पुरुष वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्कुटरमा आएका उनि स्कुटरलाई पुलकै छेउमा राखेर नदीमा हाम फालेको बताइएको छ ।  प्रदेश ३-०२-००२ प ९१३६ नम्बरकाे सिल्भर रङकाे अभिटर स्कुटर उनले पुलमै छाडेकाे प्रहरीले जनाएकाे छ ।

स्कुटरसँगै चप्पल समेत भेटिएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको चितवन प्रहरीले जनाएको छ । पछिल्लो समय नारायणी नदीको पुलबाट हाम फालेर आत्महत्या गर्नेको संख्या बढ्दै गैरहेको छ ।

 

तपाईको प्रतिक्रिया