नवलपुर । नवलपुरको गैँडाकोटमा रहेको सरस्वती निकेतन स्कुल अफ साईन्स एण्ड मेनेजमेन्टले शुक्रबार विद्यालयमा एजुकेशन फेयर २०७९ सम्पन्न गरेको छ । नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थिहरु शैक्षिक प्रर्दशनीमा सहभागि रहेका थिए । विद्यालयका कक्षा १ का विद्यार्थिहरुले विभिन्न जातजातिका भेषभुषा प्रदर्शन गरेका थिए भने कक्षा ५, ६ र ७ का विद्यार्थीहरुले महिनावारी सम्बन्धि चेतना मूलक नाटक प्रदर्शन गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक समिर सापकोटाले जानकारी दिनुभयो ।
सो अवसरमा नवलपुर प्याप्सनको आयोजनामा भएको लोक नृत्य प्रतियोगितामा द्धितिय स्थान हासिल गर्ने विद्यार्थिहरुलाई नगद सहित सम्मान गरिएको थियो ।विद्यालयका प्राचार्य भरतबाबु कंडेलले विद्यार्थीको ग्रेड भन्दा पनि प्रतिभा, क्षमता र व्यवहारिक ज्ञान कति छ हेर्नु पर्ने बताउदै आफ्ना बालबालिकाको मुल्याकंन आफै गर्न अभिभावकहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्लस टु संयोजक कमल तिवारीले.क्षमता हेरेर विद्यार्थिलाई अभिभावकले हौसला दिनु पर्ने बताउनु भयो ।विद्यालय सञ्चालक समितिका अध्यक्ष चोक्षादेवी कंडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सहजिकरण सहायक प्राचार्य लक्ष्मण कंडेल र विद्यार्थी प्रवेश सिग्देलले गर्नु भएको थियो ।




















उज्यालो खबर









