×

धनगढी ।  दार्चुलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।शुक्रबार रातिदेखि परेको अविरल वर्षाले नौगाड गाउँपालिका– १ सल्ला भन्ने ठाउँमा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्ना र सोही ठाउँकी मोती ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।पहिरोमा नौगाड गाउँपालिका –२ दल्लेखका ६० वर्षीय मोहनराम पार्की बेपत्ता छन्।

नौगाडको सल्लामा पहिरोका कारण ८ घर पुरिएका छन्।पहिरो पन्छाउन सुरक्षाकर्मीसहितको टोली अहिले घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ।यता दार्चुला सदरमुकामस्थित महाकाली र लास्कु नदीमा आएको बाढीले १४ घर बगाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जगत मगरका अनुसार अविरल वर्षाले नदीहरूमा बाढी आएपछि सदरमुकामका ४ जना बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको छ।जोखिममा रहेका स्थानीय र उनीहरुका सरसमानलाई सुरक्षित ठाउँमा राख्ने काम भइरहेको प्रहरी निरिक्षक मगरले जानकारी दिए।

तपाईको प्रतिक्रिया