×

गैँडाकोट ।नवलपुरमाआजदेखि सर्वाधिक राशीको मदन भण्डारी सेभेन ए साईड नक आउट फुटवल प्रतियोगिता हुने भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी गैँडाकोटले आजदेखि गैँडाकोट नगरपालिका वडा नं. ६ मा रहको भाग्योदय खेलमैदानमा प्रतियोगिताको आयोजना गर्न लागेको बिहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय १ १ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने दोश्रोले ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष नरेश थापाले जानकारी दिनुभयो ।
त्यस्तै बेष्ट गोलकिपर,सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ताका लागि जनही ५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्रदान गरिने उहाँले बताउनुभयो ।

खेलकुद संयोजक विनोद कंडेलले प्रतियोगितामा नवलपुर, नवलपरासी, चितवन, तनहुँ, मकबानपुर र काठमान्डौका गरि ३२ वटा समुहले प्रतिष्पर्धा गर्ने जानकारी दिनुभयो । प्रतियोगितामा एम्स एबरोड एजुकेशन, सेन्ट्रल कलेज, नमुना कलेज सहित विभिन्न संघसस्था र ब्यक्तिहरुले सहयोग गरेका छन् । बिजेतालाई प्रदान गरिने १ लाख ११ हजार १ सय ११ रुपैँया राशीको सेभेन ए साइड नक आउट फुटबल प्रतियोगिता गैँडाकोटको सबैभन्दा ठुलो राशीको पुरस्कार भएको आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया