×

चितवन । चितवनमा कुखुराको दाना गोदाममा आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको छ । जिल्लाको राप्ती नगरपालिका वडा नं. ११ झुरझुरे स्थित किरण ओलीको मञ्जुश्री दाना उद्योग प्रालिको दाना गोदामका आगलागी सो मुल्य बराबरको क्षति भएको चितवन प्रहरीले जनाएको छ ।

आज विहान पौने २ वजे विद्युत्त सर्ट भै भएको आगलागीलाइ बारुणयन्त्र इलाका प्रहरी कार्यालय भण्डारा र स्थानीयको संयुक्त प्रयासमा विहान ३ : २० वजे नियन्त्रणमा ल्याइएको थियो । आगलागीबाट दाना बनाउन प्रयोग हुने मेसिन, बिजुलिका सामान, गोदाममा भएको दाना लगायतमा मा क्षति भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया