चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १०, स्थित रहेको अरोमा कलेजले केही दिनदेखि बाटोमै पार्किङ्ग राखेर चरम लापरवाही गरेको पाइएको छ । अरोमा कलेजस्थित चौकमा दुबैतिरको स्कुल बस सडकनै ढाकेर राख्दा पनि ट्राफिक प्रहरीले खासै चासो देखिएको पाईदैन । ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको यो कलेजमा ट्राफिक प्रहरी देखेपनि नदेखैझै गरेर मौन छ ।
पुरै सडक ढाकेर बस पार्किङ्ग गरेर राख्दा दुर्घटनाको जोखिम उत्तिकै बढेको छ भने सवारी आगमनमा समेत बाधा पुगेको छ । यस विषयमा प्रश्न गर्दा कलेजका प्रिन्सिपल शेरबहादुर क्षेत्री अविरल बर्षाका कारण स्कुल भित्र पानीले डुबान परेको कारण सडकमा बस राख्नुपरेको बताउंँछन । स्कुलले आफ्नो समस्या देखाएपनि सार्वजनिक सडकमानै बस पार्किङ्ग गर्न पाईदैन ।
आफ्नो शक्ति र पहुंँचकै कारण सडकमा बस पार्किङ्ग गरेर स्कुलले चरम लापरवाही गरेको सहजै देख्न सकिन्छ । स–साना सवारीलाई जहांँ र जहिले पनि ट्राफिक चेकजांँच गर्ने ट्राफिक प्रहरी यस बिषयमा भने मौन रहेको छ । कार्यालय नजिकै रहेको स्कुलमा रहेको दर्जन गाडीलाई तत्काल कारवाही गर्न नसक्नु ट्राफिक प्रहरीको कमजोरी हो ।
यस बिषयमा ट्राफिक प्रहरी कार्यालय चितवनका धर्म बहादुर अधिकारी यस विषयमा अनविज्ञ रहेको बताउंछन ।‘त्यो समस्या समाधान भैसकेको छ, अहिले पनि छ र ?’ उनले भने । ट्राफिक प्रहरीले कलेज अध्यक्षसंँग बारम्बार व्यवस्थापन गर्न ताकेता गरेको बताए ।
कलेज व्यवस्थापनले केही दिन अघि कार्यालयमा आएर हटाउने प्रतिबद्धता गरेपनि हालसम्म कार्यान्वयन गरेको छैन । ट्राफिक प्रहरीलाई यो ज्यादती राम्रैसंँग थाहा भएपनि कारवाहीमा भने लाचारीपन देखाएको छ ।




















उज्यालो खबर









