×

काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्नु भनेका कारण थुनामा परेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् ।गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबार पक्रेको थियो ।भीएसएफमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो

तपाईको प्रतिक्रिया