चितवन । नेपाल सितोरियो कराँते संघ भरतपुर महानगरकाे अध्यक्षमा समाजसेवी राजन कार्की चयन भएका छन् । कार्कीको अध्यक्षतामा गठित कराँते संघ भरतपुर नगर समिति महानगरको शैक्षिक प्रशासन महाशाखामा भदौ १२ गते दर्ता एवं सूचीकृत भएको हो ।
कराँते संघ भरतपुरको उपाध्यक्षमा ज्वालाकुमारी भण्डारी, सचिवमा छविरमण तिमिल्सिना र कोषाध्यक्षमा ईश्वरी कँडेल रहेका छन् । सदस्यहरुमा बौद्ध लामा, दुर्गा कुमाल, मानसिंह घर्ती, शैलेस थापा, प्रमिस तामाङ, सनोज गुरुङ र बुद्धलक्ष्मी तामाङ छन् । महानगरले खेल संस्था दर्ता एवं सूचीकृतका लागि भदौ २ गते सूचना प्रकाशन गरेको थियो ।
अध्यक्ष कार्कीले कराँते खेलकाे विकास र विस्तारका लागि संघीय तथा प्रदेश र स्थानीय सरकारकाे सहयाेगमा विभिन्न कामहरु गर्ने याेजना रहेकाे बताउनुभयाे ।




उज्यालो खबर




