गैँडाकोट । पुर्वि नवलपरासीको गैँडाकोटमा स्कुटरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १७ अमरापुरीमा स्कुटरको ठक्करबाट ७० वर्षका मोहन बहादुर क्षेत्रीको मृत्यु भएको हो ।
भित्री सडकखण्डमा दक्षिणबाट उत्तर जाादै गरेको बा.प्र.०३००३ प ७०६३ नम्बरको स्कुटरले पैदल यात्री क्षेत्रीलाई ठक्कर दिँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परि स्कुटर चालक ५० वर्षका कलाधर सापकोटा र उनकी श्रीमती नन्दकली सापकोटा गम्भिर घाइते भएका छन् ।



उज्यालो खबर




