×

चितवन । साउनको अन्तिम सोमबार आज पवित्र धार्मिक स्थल देवघाटमा भक्तजनको घुइँचो लागेको छ । यस पटक साउनमा पाँचवटा सोमबार परेका थिए । त्रिशुली र कालीगण्डकीको संगमस्थल देवघाटमा स्नान गर्ने र शिव मन्दिरमा पूजा गर्ने भक्तजनको भिड लागेको हो ।

भगवान शिवको व्रत बसेका भक्तजन बिहान ४ बजेदेखि नै देवघाट जानेरआउने गर्न थालेका हुन् । स्नान गर्न जाने क्रम जारी छ । साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया