चितवन। नहरमा डुबेर चितवनमा एक बालिकाको ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रत्ननगर नगरपालिका – १६ एकताटोल ध्रुवचोक नजिकै खेल्दाखेल्दै घर नजिकैको नहरले बगाएपछि ६ वर्षीया संस्कृति केसीको ज्यान गएको हो ।
खेल्ने क्रममा नहरमा खसेकी उनलाई बगेको ठाउँभन्दा एक किलोमिटर तल सेवा केन्द्र टोलबाट अचेत अवस्थामा उद्धार गरेको वडाध्यक्ष हेमराज थापाले बताए ।नहर बाट उद्धार गरी उपचारका लागि नजिकै रहेको गुञ्जमानसिंह अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणाा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

उज्यालो खबर